छोरी जन्माउनेलाई पाँच हजार

छोरी जन्माउनेलाई पाँच हजार

नवलपरासीको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिएमा पाँच हजार नगद दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी छोरी जन्माउने अभिभावकलाई नगदसहित बैंक खाता खोलिदिन लागेको छ ।  

‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत गाउँपालिकाले आफ्नो गाउँभित्र जन्मिएका छोरीलाई पाँच हजार नगदसहित नामाकरणपश्चात् बैंक खाता खोल्ने जनाएको छ । 

गाउँपालिकाका उपाध्यक्ष पूर्ण सिंह राना मगरले गाउँपालिकाले आफ्नो गाउँभित्रका महिलाहरुले छोरी जन्माएमा पाँच हजार नगदसहित बैंक खाता खोलिदिने बताए ।
 

टिप्पणीहरू