एमालेको समर्थनमा जितेका दिपक मनाङ्गे समाजवादीमा प्रवेश,सिके राउत पनि त्यही बेला टुप्लुक्क

एमालेको समर्थनमा जितेका दिपक मनाङ्गे समाजवादीमा प्रवेश,सिके राउत पनि त्यही बेला टुप्लुक्क

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

राजीव गुरुङ्गको नामले चिनिने उनी मनाङ्गबाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवारलाई मैदान खाली गर्न लगाएर स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध निर्वाचित भएका थिए ।

"आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवध्द हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङ्गेले  विज्ञप्तिमा भनेका छन् । उनलाई प्रवेश गराउन पहिले तनहुँ र अहिले बाराबाट निर्वाचित तथा पूर्व श्रम मन्त्री किसान श्रेष्ठसहित रामेछापका रमेश श्रेष्ठ कस्सिएका थिए । प्रवेश कार्यक्रम चल्दै गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका थिए ।

टिप्पणीहरू