भारतीय नेता फेरि आइपुगे नेपाल

भारतीय नेता फेरि आइपुगे नेपाल

सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका नेता जगदम्बिका पाल अहिले बिहान फेरि नेपाल आइपुगेका छन् । लोकसभा सदस्य तथा उर्जासम्बन्धी सँसदीय समितिका सभापति जगदम्बिका पाल एयर इण्डियाको उडानबाट बिहान ९ बजे काठमाण्डौमा ओर्लिएका हुन् । उनको आजै साँझ ५ बजे भिस्तारा एअरको उडानमा दिल्ली फिर्ता हुने टिकट काटिसकिएको छ । गत कार्तिक १४ गते दिउँसो १ बजे ११ जनाको टोलीसहित आएर जगदम्बा सिमेन्टका साहुजीको महाराजगन्जस्थित गेस्ट हाउसमा बसेका उनी भोलिपल्ट बिहान १० बजे फर्केका थिए ।

आज भने उनीसङ्ग रितेश पाण्डेसहित अरु दुई जना छन् । छोटो समयको लागि आउने-जाने उनको भ्रमणको खास उध्देश्य भने बुझ्न सकिएको छैन । यद्यपि सरकारले भने उनलाई बाइक एस्कर्टिङ्गसहितको बिशेष सुरक्षा सुविधा उपलब्ध गराएको छ ।

टिप्पणीहरू