हेटौंडामा ३ बर्षदेखि स्थगित मेला माघ ५ गतेबाट शुरु

हेटौंडामा ३ बर्षदेखि स्थगित मेला  माघ ५ गतेबाट शुरु

कोभिड–१९ को बिश्वब्यापी महामारीका कारण ३ बर्षदेखि स्थगित ब्यापारिक मेला उद्योग वाणिज्य संघ मकवानपुरको आयोजनामा शुरु हुन लागेको छ।

महोत्सव आगामी माघ ५ देखि १७ गतेसम्म आयोजना हुन लागेको हो ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालका अनुसार जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक,सामाजिक विकासका लागि पर्यटन,कृषि,घरेलु उद्योग, व्यापार,शिक्षा,स्वास्थ्य,क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले  मेला आयोजना गरिएको हो।

महोत्सवका लागि हेटौंडा उपमहानगर,जिल्ला प्रशासन कार्यालय मकवानपुर, बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट सिफारिस लिने काम भइरहेको अध्यक्ष अग्रवालको भनाइ छ।

मेला हुने स्थान भने छनोट भइसकेको छैन । आन्तरिक तयारी भइरहेको र केही दिनभित्रै पत्रकार सम्मेलन गरी जानकारी गराइने अध्यक्ष अग्रवालले बताए ।

टिप्पणीहरू