धरानका एक बालक भारतमा भेटिए,परिवारको खोजी ब्यापक

धरानका एक बालक भारतमा भेटिए,परिवारको खोजी ब्यापक

सुनसरीको धरान घर बताउने अन्दाजी १२ वर्षको बिमल परियार नामक बालक ७-८ महिनादेखि भारतको एउटा संस्थामा आश्रित रहेको पाइएको छ।

उनलाई आफ्नो ठेगानासमेत प्रष्टसंग याद छैन । यध्यपि धरान वरिपरी झण्डारा नामक विध्यालयमा पढेको, आफ्नो आमा र बहिनी रहेको समेत बताउने उक्त बालकले भनेअनुसार  निजको परिवारको नाम निम्न रहेको छ।

बालकको नाम- बिमल परियार
आमाको नाम- शोभा परियार
बहिनीहरू- सबिता र सबिना
मामाको नाम- हुकुम परियार
ठेगाना- धरान वरिपरी,झण्डारा विध्यालय
शिक्षिकाको नाम- धनकुमारी ।
उल्लेखित नाम भएका ब्यक्तिहरुले आफ्नो बच्चा भएमा सामाजिक अभियन्ता सरोज रायलाई ९८४१२०२०२५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

टिप्पणीहरू