माधवका महासचिवलाई राखेर दिपक मनाङ्गेले कुरो खोल्ने

माधवका महासचिवलाई राखेर दिपक मनाङ्गेले कुरो खोल्ने

हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजीव गुरुङ) ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।  

अपरान्ह ३ बजे एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पत्रकार भेटघाट हुने जनाइएको छ । पार्टी महासचिव डा. बेदुराम भुसाल सम्मेलनको प्रमुख अतिथि रहने बताइएको छ ।  

मनाङ्गबाट प्रदेशसभामा निर्विरोध निर्वाचित मनाङ्गे हिजो एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगी पार्टी प्रवेश गरेका थिए । तर, उनको विगतका गतिविधिलाई जोडेर समाजवादीभित्रै कतिपयले पार्टी प्रवेश गराउने निर्णयको विरोध गरेका छन् । 

गण्डकी प्रदेशसभामा एक सीट पनि नजितेको समाजवादीमा छिरेर मनाङ्गेले मन्त्री पक्का गरेको चर्चा पनि छ ।

टिप्पणीहरू