सीएसआईटीको शुल्कप्रति अनेरास्ववियुलाई आपत्ति
अनेरास्ववियु केन्द्रिय कमिटीले त्रिभुवन विश्वविद्यालय आईओएसटीअन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटीको भर्ना शुल्कमाथि आपत्ति जनाएको छ ।
विश्वविद्यालयले बीएस सीएसआईटीको प्रवेश परीक्षा शुल्क १५ सय र प्रायोरिटी फारम भर्ने नाममा थप ५ सय शुल्क लिनु विद्यार्थीको हितमा नरहेको अनेरास्ववियुका अध्यक्ष रुद्रहरि पोखरेलले बताए ।
बिना योजना नाजायज रुपमा परिक्षाको नाममा विद्यार्थीहरुबाट शुल्क मात्रै लिइरहँदा यसले विश्वविद्यालय कमाउधन्दातिर लागेको बताउँदै यसप्रति अनेरास्ववियुको ध्यानाकर्षण भएको बताएको छ ।
त्यसैले, “विद्यार्थीहरुबाट लिइएको अनावश्यक शुल्क तत्काल फिर्ता गर्दै सीएसआईटीको पढाइ हुने सम्पूर्ण कलेजहरुमा शुल्कको निश्चित मापदण्ड तयार गरी विद्यार्थीको भर्ना अघि बढाउन जोडदार माग गर्दछौँ” पत्रमा उल्लेख गरिएको छ ।
साथै, उक्त माग पुरा नभए आन्दोलनमा समेत उत्रिने चेतावनी दिएको छ ।
टिप्पणीहरू