चिसोसँगै तराईमा बाक्लो हुस्सु, सतर्कता अपनाउन आग्रह
केही दिनयता देशभर चिसो ह्वात्तै बढेको छ । बढ्दो चिसोसँगै तराईमा हुस्सु र शीतलहर सुरु भएको छ ।
तराईका जिल्लाहरुमा हुस्सु तथा शीतलहर शुरु भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै, देशका अन्य भू–भागमा पनि तापक्रम क्रमिक रूपमा घट्दै गएकोले चिसोबाट जोगिन विभागले भनेको छ ।
टिप्पणीहरू