विप्लवका प्रवक्ता गृहमा,खाती पनि सङ्ग सँगै

विप्लवका प्रवक्ता गृहमा,खाती पनि सङ्ग सँगै

प्रतिवन्धकालमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । सिंहदरबार पुगेर विश्वकर्माले गृहमन्त्री र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई एकै ठाउँमा भेटेका हुन् । भेटवार्ता बिहान सवा ११ देखि सवा १२ बजेसम्म भएकाे थियो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग चार बुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका कैयौं कार्यकर्ता अझै पनि जेलमा छन् । सहमतिअनुसार पार्टीका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी जेलबाट रिहा गर्नुपर्ने माग गर्दै आएको सो समूहले सरकारलाई निरन्तर दबाब पनि दिइरहेको छ । 

आजको भेटमा पनि विप्लवका प्रवक्ताले यसबारे चासो राखेपछि गृहमन्त्री खाँणले प्रक्रिया मिलाएर रिहाईको विश्वास दिलाएको बताइएको छ ।

टिप्पणीहरू