आठ महिनाकी छोरीसहित श्रीमती हराएपछि श्रीमानको रुवाबासी

आठ महिनाकी छोरीसहित श्रीमती हराएपछि श्रीमानको रुवाबासी

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का कुलप्रसाद बिकको परिवारका दुई जना हराएका छन् । एक हप्ताअघि माइत हिंडेकी कुलप्रसादकी श्रीमती सीता र छोरी हराएका हुन् । आमा-छोरीलाई नै कतै नभेटेपछि परिवारमा रुवावासी चलेको स्थानिय रुपा बिकले बताइन् ।

छिमेकीसँग समेत बोल्न लजाउने सीता ५ दिनदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलासमा सहयोग गर्न आग्रह गरेको छ । कसैले फेला पारे प्रहरीलाई खबर गरिदिन पीडित परिवारको अनुरोध छ ।

टिप्पणीहरू