दाङमा अनधिृकत संरचना हटाउन निर्देशन, अटेर गरे डोजर चल्ने
सडक डिभिजन कार्यालय, दाङले महेन्द्र (पूर्व-पश्चिम) राजमार्गको ‘धानखोला-शिवखोला सडक खण्ड’ मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१–३१ मिटरभित्र रहेका त्यस्ता संरचना तथा अन्य सामग्री हटाउन कार्यालयले कडा निर्देशन दिएको हो । कार्यालयले आज सूचना जारी गर्दै १५ दिनभित्र (पुष ५) ती संरचना हटाउन तथा खाली गर्ने भनेको छ ।
सूचनाको अवज्ञा गरे आफैंले हटाउने–भत्काउने कार्यालयले चेतावनी दिएको छ । त्यस्तै, उक्त क्षेत्र खाली गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने पनि स्पष्ट पारिएको छ ।
टिप्पणीहरू