को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

मसिंर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । आम जनताहरूमा छाएको कौतुहलताको प्यास मेटाइदिएको छ । जनताले आफ्नो अधिकारलाई निर्धक्क प्रयोग गरिसकेका छन् । अघिल्लो चुनावमा बाम गठबन्धनलाई झण्डै दुई तिहाइको नजिक पु¥र्याएको भएपनि ३ वर्ष पुरा विभाजनले मतदाता सावधान देखिएको पाइन्छ । बहुमत दिँदा पनि दिगो र स्थायी सरकार किन नबनेको भोक यो चुनावमा जनताले फेरिदिएका छन् ।

हो यसपटक पनि कुनै दलले बहुमत पाएन । प्रतिनिधी सभा र प्रदेश सभा दुवैमा खिचडी सरकार बन्ने भएको छ। विभिन्न स्वार्थ प्रेरित दलहरूले आफ्नो सत्ता वार्गेनिङ सुरु गरिसकेका छन् । राजनिति अत्यन्त तरल छ । कसले सरकार बनाउछँ ? को को मिल्छन् । को को दक्रिन्छन भन्ने भन्न नसकिने अवस्था छ ।

गण्डकी प्रदेशका सभापती शुक्रराज शर्मा (समानुपातिक एक नम्बर सूचीमा परेपछि नोट की निर्ममत उनिमा ढुक्क थिए । प्रदेश सभापती, पाका पुराना कांग्रेसका नेता शर्माको खिलाफमा मुख्यमत्री दावी गर्ने पात्र सायदै थिएनन् पनि ।

मुख्यमन्त्री दावी गरेर चुनाव लड्न खोजेका  मन्त्री कुमार खड्काले टिकट पाएनन् मात्र हेैन्  खाइपाई आएको मन्त्री पद पनि बर्खास्तको शिकार बनाइयो । ५ वर्षका लागि कुमार खड्काको राजनितिको पारो शून्यमा झारियो ।

मुख्यमंत्री पात्र भित्र परेका शर्मा र खड्का चिप्लीए पछि अबको  ५ वर्षका लागि कुमार खड्काको राजनितिको पारो शून्यमा झारियो ।

मुख्यमन्त्री पात्र भित्र परेका शर्मा र खड्का चिप्लीएपछि अबको  मुख्यमन्त्री को भन्ने विषयमा अर्को बहस सुरु भयो । २१ ठाउँको  उम्मेद्वारी दिएको नेपाली कांग्रेस १८ स्थानमा विजयी भयो । अपेक्षाकृत नतिजा हासिल सफल गर्न नेपाली कांग्रेस समानुपातिक ९ सहित २७ सिट पाउने  सिट पाउने भएको छ ।  

कूल ६० सिट रहेको गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सिटको बहुमत चाहिन्छन । त्यसमा ४ सिट पुग्न सक्दैन । ४ सिट जुटाएर गठबन्धन सरकारको नेतृत्व गर्ने सन्दर्भमा नेकाभित्र लिगलिग दौड सुरु भएको छ  । सबैभन्दा पहिला संसदीय दलको नेता बन्न जरूरी छ । नेता बन्न दौडमा गण्डकी प्रदेशका ३ नेताको प्रतिस्पर्धा देखिन्छ । पूर्वमन्त्री विन्दुकुमार थापा कास्की, नेकाका केन्द्रीय सदस्य समेत रहेका गोरखाका सुरेन्द्र पाण्डे प्रवल दावेदारका रुपमा उभिएका छन् ।

पाण्डे राष्ट्रिय सभाको सदस्य समेत भइसकेका पाण्डे र निवर्तमान बन्दै गरेका प्रदेश मन्त्री थापा दुवै  जना संस्थापक समूह अर्थात् देउवा समूहका मानिन्छ । उता शेखर कोइराला समूहका बताइने नवलपुरका महेन्द्रध्वज जि.सी. र स्याङ्जाका भोजराज अर्याललाई गण्डकी प्रदेश सरकारको नेतृत्वका लागि आघि बढाउन भित्र भित्रै  अभ्यास भइरहेको व्यापक चर्चा चलेको छ।

नेपाली कांग्रेस संसदीय दलको नेता छनोट भएपछि बहुमतको खेल खेलाएर मिलिजुली सरकार निर्माण मा  जुट्नुको विकल्प छैन । विगत डेढ वर्षदेखि अस्तित्वमा रहेको गठबन्धनको गाँठो खुकुलो बनाउने र अन्य दलसंग गठन गरेर सत्ताको लाभ लिने खेलमा माओवादी रहेको छ । सरकार बनाउन नेकपा एमालेसँग जान पनि सक्ने भन्दै विभिन्न नेताहरूले अभिव्यक्ति दिदै आएको पाइन्छ । माओवादीको ४ सिट छ । गठबन्धन नतोडिने हो भने नेपाली कांग्रेस र माओवादी बिच सजिलो गठबन्धन बन्न सक्छ तर कांग्रेससँग धुर्कि लगाउदै आकर्षक मंन्त्रालयको वार्गेनिङ मात्र हो भन्ने बुझ्न कठिन छैन ।

एमाले सत्ता बिना लामो समयसम्म वाँच्न नसक्ने पार्टी हो भन्ने आम मानिस र राजनितिक विश्लेषण छ । एमाओवादी भित्र कांग्रेससँग जाने की एमाले सित जाने बिचमा दुई धुर्व देखिन थालेको छ । उसको यो शैलीले राजनितिलाई थप तरल र अस्थिर बनाएको छ । समानुपातिक सहित एमालेमा २१, माओवादीमा ८ र वाँकी ३ अन्यको मुठीको रहेको छ । एमाओवादी र एमालेको लगनगाँठो जाडियो भने हुने सिट २९ हो । बाँकी स्वतन्त्रबाट २ सिट ल्यायो भने एमालेले सरकार बनाउन सक्छ। त्यसो भयो भने एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बन्न सक्छन् । मुख्यमत्री खगराज प्रतिनिधिसभाबाट प्रदेशसभामा झरेका हुन् भने पूर्वमुख्यमंत्री पृथ्वी सुब्बा र पूर्व अर्थमन्त्री किरण गुरुङलाई प्रतिनिधिमा पठाएर ओलीले खगराजलाई मुख्यमन्त्री बनाउने योजना बनाएका थिए । माओवादीलाई आकर्षक मन्त्रालय लिएर भएपनि एमालेले मुख्यमन्त्री बनाएर कांग्रेसलाई जिल्ल बनाउन सक्ने देखिन्छ ।

राजनितिमा सम्भावनाको खेती हुन्छ कोही दीर्घ सत्रु र कोही दीर्घ मित्र हुदैनन् भन्ने वाक्यले सार्थकता पाएर खगराज अधिकारी मुख्यमन्त्री बन्न सक्छन् । यता नेकाको मन्त्री बन्ने दौडमा विन्दु थापा, सुरेन्द्र पाण्डे र महेन्द्रध्वज जिसीको सम्भावना वढी देखिन्छ। आकांशीलाई केन्द्रको अशिर्वाद कस्को शिरमा पर्छ त्यहि नै मुख्यमन्त्री बन्ने लाइनमा पुग्छन्। यता संसदिय दलका नेता चयन सम्बन्धमा व्यापक चलखेल सुरु भएको देखिन्छ । बिन्दु थापा र सुरेन्द्र पान्डे मध्य एक नेताको सम्भावना  प्रबल देखिन्छ ।

-यदुनाथ बञ्जारा, पोखरा

टिप्पणीहरू