खेर गयो १७ लाख मत

खेर गयो १७ लाख मत सांकेतिक तस्विर

निर्वाचन आयोगको योजना थियो यसपटक बदर मत १ प्रतिशतभन्दा तल झार्ने तर गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गरी झण्डै १७ लाख हाराहारी मत खेर गएको प्रारम्भिक आँकडा सार्वजनिक भएको छ । 

प्रारम्भिक आँकडाअनुसार प्रत्यक्षतर्फभन्दा समानुपातिक तर्फ झण्डै दोब्बर मत बढी बदर भएको बहादुर भवनका अधिकारीहरुले जनाएका छन् । 

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनतर्फ प्रत्यक्ष निर्वाचन प्रणालीअन्तरगत झण्डै ५ दशमलव ५ प्रतिशत मत बदर भएकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फमात्र सोभन्दा दोब्बर अर्थात १२ प्रतिशत हाराहारी मत बदर भएको निर्वाचन आयोगका एक पदाधिकारीले जनआस्थालाई बताए । 

उनका अनुसार,समानुपातिक निर्वाचन प्रणालीमार्फत १ करोड १२ लाख बढी मत खसेकोमा १ करोड ५ लाख ६० हजार ८२ मतमात्र सदर मत हो ।
 
आयोगका अनुसार १२ लाख ८८ हजार ३ सय ७० मत खेर गएको छ।

आयोगका एक पदाधिकारीका अनुसार प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको बाकसमा खसाल्नुपर्ने मत समानुपातिकतर्फको बाकसमा र समानुपातिकतर्फको बाकसमा हाल्नुपर्ने मत प्रतिनिधिसभातर्फ हाल्दा धेरै खेर गएको जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार,थ्रेस होल्ड कटाउन नसक्दा ४० वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको मत खेर गएको छ । 

आयोगका अनुसार प्रतिनिधि सभातर्फ झण्डै ५ दशमलव ५ प्रतिशत हाराहारी मत खेर गएको छ । 

"जानकी तुलाधरको समेत स्वर मिसिएको एउटा गीत हेम सुवेदी र उनकी पत्नी आकृति घिमिरेले गाएका थिए । झण्डै २० लाख खर्चेर गाएको गीत चर्का आलोचना भएपछि हटाइएको थियो ।"


आयोगका अनुसार झण्डै ५ लाख ५० हजार हाराहारी मत बदर भएको आयोगले जनाएको छ । 

शहरका जनता शिक्षित भनेर मात्र के गर्नु ? अस्ति सम्पन्न निर्वाचनको मत परिणाम खोतल्ने हो भने शिक्षित मतदाता भएकै ठाउँमा अमूल्य मत धेरै खेर गएको छ । 

यस पटक बदर मत कम गर्ने मुख्य  जिम्मेवारी जानकी तुलाधरको काँधमा थियो । तर बदर मत हटाउनका लागि मतदाता शिक्षामा लगानी गर्नुपर्ने पैसाले आयुक्त आफैं गीत गाउन र नाच्नमा केन्द्रित हुँदा उक्त लगानी बालुवामा पानी बन्न पुगेको आयोगकै कर्मचारीहरु बताउँछन् । 

जानकी तुलाधरको समेत स्वर मिसिएको एउटा गीत हेम सुवेदी र उनकी पत्नी आकृति घिमिरेले गाएका थिए । झण्डै २० लाख खर्चेर गाएको गीत चर्का आलोचना भएपछि हटाइएको थियो । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा आयोगले निर्वाचन शिक्षाका लागि करिब २५ करोड रूपैयाँ बजेट विनियोजन गर्दा कूल बदर मत १३ दशमलव २५ प्रतिशत मत रहेको थियो । 

यसपटक संघीय तथा प्रदेश सभाका लागि ५० करोड हाराहारी बजेट छुट्टाइएको भए पनि मतदाता शिक्षामा गर्नुपर्ने लगानी आयुक्तको नाच्ने र गाउने रहर पूर्ति गर्नतिर बढी खर्च हुँदा यस पटक अघिल्ला निर्वाचनमा भन्दा अझैं बढी मत खेर गएको छ । 

पाँच वर्षअघि ०७४ मा मतदाता शिक्षा शीर्षकअन्तर्गत १ अर्ब ५० करोड बजेट छुट्टाइँदा १० लाख ४३ हजार मत बदर भएको थियो । त्यस समय कूल खसेको मतको ९ दशमलव ८४ प्रतिशत हो । प्रदेश सभातर्फ १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएको थियो त्यतिबेला ।
 

टिप्पणीहरू