साइरन बजाउँदै चोलेन्द्रसमशेर फर्कन लागे सर्वोच्चमा

साइरन बजाउँदै चोलेन्द्रसमशेर फर्कन लागे सर्वोच्चमा

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सर्वोच्च अदालत पुग्न बालुवाटारस्थित निवासमा सेना र प्रहरीको अगुवा पछुवा गाडी मगाइएको छ । महाअभियोग पास नभएको अवस्थामा सँसदले निलम्बन फुकुवाको पत्र दिएसङ्गै नेपाली सेना र नेपाल प्रहरीको एस्कर्टिङ गाडीमा साइरन बजाउँदै उहाँ सर्वोच्च प्रवेश गर्न गर्न लाग्नुभएको हो । 

संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले उहाँलाई आजै महाअभियोग प्रस्ताव निस्कृय भएको पत्र दिनुभएको थियो । 

मंसिर २८ गते प्रधानन्यायाधीश जबराको अवकाश हुँदैछ ।  केही दिन मात्र बाँकी रहँदा सचिवालयले उहाँको निलम्बन फुक्का गरेको हो । 

 

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुँदाहुँदै सर्वोच्चमा उहाँ अब कसको च्याम्बरमा जानुहुने हो ? चासोका साथ हेरिएको छ । 

कतै उहाँलाई ल्याएर अर्को हप्ता संवैधानिक परिषदको बैठकबाट कामु प्रधानन्यायाधीश कार्कीलाई रोलक्रमबाट हटाउन त खोजिएको होइन ? आशंका अनेक छ । अहिले चुनावको सम्पूर्ण परिणाम रास्ट्रपतिलाई बुझाइनसकिएको अवस्थामा प्रमुख बिपक्षी दलको नेता तोकिएको छैन । ओलीको पालामा झैं प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्ष भएर नयाँ प्रधान न्यायाधीश सिफारिस गर्नुपर्ने अवस्था देखिन्छ ।

यही आकस्मिक तरङ्गले गर्दा आज सर्वोच्चमा कुनै पनि इजलास बस्न सकेको छैन ।

टिप्पणीहरू