चोलेन्द्र फर्कने खबरले न्यायाधीशहरु बेन्चमा बसेनन्

चोलेन्द्र फर्कने खबरले न्यायाधीशहरु बेन्चमा बसेनन्

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा आज सर्वाेच्च अदालत फर्कने चर्चाले बुधवारका लागि तोकिएका सबै इजलाश प्रभावित भएका छन् ।  यो समाचार तयार पार्दासम्म कुनै पनि इजलाश बस्न सकेको छैन । 

आजका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशमा ६ वटा,न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको बेञ्चमा २८ वटा,सपना प्रधान मल्ल,नहकुल सुवेदीको इजलाशमा बैकिंग कसुरसम्बन्धी १४ वटा मुध्दा पेसीमा चढेको सर्वाेच्चको कज लिष्टमा उल्लेख छ ।

यस्तै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा ६ वटा मुध्दा सुनुवाईका लागि पेशी चढेको छ भने न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलाशमा ३३ वटा मुद्धा सुनुवाइका लागि पेसीमा चढेका छन् । यस्तै १२ वटा मुद्धा सुनुवाईका लागि १ नम्बरको पूर्ण इजलाशलाई तोकिएको थियो । 

जहाँ न्यायधीशहरु हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाले संबैधानिक इजलाससम्बन्धी १२ वटा मुद्धा हेर्ने कार्यसूची रहेको भए पनि चोलेन्द्र शमशेर राणाले संघीय संसद सचिवलायबाट निलम्बनको फुकुवाको पत्र पाएर अदालत फर्कन लागेको चर्चाका कारण आजका सबै इजलाश प्रभावित बन्न पुगेको सर्वाेच्च प्रशासनले जनाएको छ ।
 

टिप्पणीहरू