चोलेन्द्र फर्किने खबरले बारमा हलचल, आकस्मिक बैठक बोलाइयो

चोलेन्द्र फर्किने खबरले बारमा हलचल, आकस्मिक बैठक बोलाइयो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ । अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिनुभयो ।

आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराउनुभएको छ । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने इजलास पनि बसेको छैन ।

यसअघि पनि जबराले आफू सर्वाेच्च जान लागेकाे भनेपछि बारले विराेध जनाएकाे थियाे । बारले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको बताएको छ ।

टिप्पणीहरू