भारतीय दूतावासले ज्ञापनपत्र लिन नमानेपछि भूगर्भ विभागअगाडि प्रदर्शन

भारतीय दूतावासले ज्ञापनपत्र लिन नमानेपछि भूगर्भ विभागअगाडि प्रदर्शन

मौलिक जरोकिलो पार्टीले काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागअगाडि आन्दोलन गरेको छ ।   दार्चुलाको महाकाली नदी अतिक्रमणको विरोधमा पार्टी अध्यक्ष सुशील गौतमको नेतृत्वमा प्रदर्शन भएको हो ।

सदरमुकाम खलङ्गातर्फ फर्किने गरी भारतले एकतर्फी रुपमा तटबन्ध निर्माणको काम अघि बढाएको विरोध गर्दै भारतीय दूतावास पुगेको टोलीको ज्ञापनपत्र लिन नमानेपछि उनीहरुले नारा लाउन थालेका हुन् ।  

उनीहरुले ‘हाम्रो जमिनमा अतिक्रमण बन्द गर’, ‘आफ्नो बर्चस्व रोक’,‘गोविन्द गौतम, जयसिंह धामी,पवन महराको हत्यारा’,‘देवनारायण यादवलाई घाइते बनाइयो’, लगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू