सरकार होटेल व्यवसायको समयसीमा थप्ने,सर्वसाधारण डरले घरमै बस्ने

सरकारले मनोरन्जनात्मक क्षेत्र सञ्चालनको समय थप गरेको छ ।मंसिर १५ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले यी क्षेत्र सञ्चालन गर्नका लागि निश्चित समयावधि तोकिदिएको थियो । समितिको बैठकले रक्सी पसलहरु रातको १० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । यता, रेस्टुरेन्टहरुलाई राति १२ बजेसम्म सञ्चालन गर्न समितिले इजाजत दिएको छ । त्यस्तै,डान्सबार,दोहोरी साँझ,लाउन्ज र बारहरु रातिको २ बजेसम्म खोल्न पाइने बताइएको छ ।

समितिका अनुसार काठमाडौं जिल्लामा रहेका रात्रिकालीन व्यवसायीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनका लागि समयसीमा तोकिएको हो । राति अबेलासम्म यी क्षेत्रहरु सञ्चालन गर्न दिँदा यसले सुरक्षालाई भने चुनौती दिएको छ । प्रमुख अधिकारी घनश्याम उपाध्यायले,उक्त निर्णय जिल्ला सुरक्षा समितिको बैठकअनुसार भएको बताए । उनले भने, यो निर्णय पहिला नै गरिएको थियो तर होटेल,रेस्टुरेन्ट व्यवसायीहरुले मनलागि समयमा मात्र व्यवसाय सञ्चालन गर्ने हुँदा हामीले यसको लागि निश्चित समयसीमा तोकिदिएका हौँ । 

यता, उपत्यकाबासीहरु भने मर्कामा परेका छन् । ढिलोसम्म डान्सबार, रेष्टुरेण्ट सञ्चालन गर्न दिँदा जोखिम हुने सर्वसाधारणहरुको ठहर छ । यता,रातभर होहल्ला हुने गुनासो छुट्टै छ । ‘रातमा मनोरन्जनात्मक क्षेत्र सञ्चालन गर्न दिनुहुँदैन’, एक स्थानीयले भने,‘हो-हल्लाले गर्दा रातभर डिस्टर्ब हुन्छ ।’ त्यस्तै, मनोरञ्जन गर्ने नाममा जाँडरक्सी खाँदा अप्रिय घटना घट्न सक्ने उनीहरु बताउँछन् । 

सरकारले रातको १० बजेपछि यी क्षेत्र खोल्न दिन नहुनेमा सर्वसाधारणहरुको जोड छ । सर्वसाधारणहरु सरकारको यस निर्णयले आफूहरु सुरक्षाको अनुभव गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् ।  
रातको समयम केही जरुरी काम परेर बाहिर निस्किनु परेमा पनि डरलाग्दो भएको भन्दै सर्वसाधारणहरु सरकारको यस निर्णयप्रति आक्रोश हुन्छन् । साथै, रातको समय अबेरसम्म होटेल, रेस्टुरेन्ट,दोहोरी साँझहरु खोल्न दिँदा यसले समाजमा विकृति उत्पन्न गराइरहेको छ । 

रमाइलोका लागि होटेल,रेस्टुरेन्टतिर गएर जाँडरक्सी खाने गर्दा कतिपयको त पारिवारिक सम्बन्धमै दरार आएको छ भने बालबच्चाको भविष्य अन्धकार हुन पुगेको छ । भनिन्छ नि,कुनै पनि चिज ठिक्क खाएमा अमृत हुन्छ त धेरै खाएमा विष । हो, त्यसरी नै जाँडरक्सी पनि ठिक्क खाएमा त्यसले शरीरलाई केही राम्रो असर पार्दछ भने धेरै खाएमा धनसम्पत्तिका साथसाथै ज्यानै पनि लिएर जान्छ । पछिल्लो समय नेपालमा मानिसहरु भोजभतेरदेखि लिएर चाडपर्वमा पनि जाँडरक्सीको अत्याधिक प्रयोग गर्ने गर्दछन् । त्यसले, गर्दा दशैँतिहारको समयमा झैझगडा हुने र त्यसले ठूलो रुप लिई मानिसको ज्यानसमेत लिने गरेको पाइन्छ । 

त्यसरी,नै रातको समयमा पनि यसरी दोहोरी साँझ, रेस्टुरेन्ट, होटेल, डान्सबारहरु खोल्न दिँदा मानिसहरु जाँडरक्सी खाएर केही कारणबस् झैझगडा गर्छन् र त्यसले कसैको ज्यानैसमेत जोखिममा पार्न सक्छ । हाम्रो समाज पहिला नै चेलीबेटीका लागि असुरक्षित मानिन्छ । यो निर्णय पश्चात् झनै असुरक्षित भइरहेको छ । पछिल्लो निर्णयले केही सिमित व्यापार व्यवसायीलाई फाइदा भएतापनि लाखौँ सर्वसाधारणलाई असहज भइरहेको छ । 

अहिले त रातको ७ बजेपछि पनि घरबाट बाहिर निस्कन डरलाग्दो छ । कतै कसैले आफूमाथि प्रहार त गर्दैन भन्ने डरले मानिसहरु रात परेपछि घरबाटै बाहिर निस्किदैँनन् । यता, घरपरिवारमा कोही बिरामी भएमा पनि रातको समयमा डर हुन्छ भन्दै अस्पतालसमेत लगिदैँन । यसैगरी, सवारी साधन चलाउने सहचालक एवं चालकहरु पनि रात पर्नेबित्तिकै जाँडरक्सीमै व्यस्त हुने भएकाले दुर्घटनाको जोखिम पनि बढिरहेको छ । एउटा सवारी धनीले रक्सी खाएर रातको समयमा गाडी चलाउँदा ऊसँगै यात्रा गर्ने सबै यात्रु दुर्घटनामा परेर मर्नुपर्ने हुन्छ । 

त्यसैले,अब सरकारले रातिको समयमा यी व्यवसायहरुलाई सञ्चालन गर्न दिनुहुँदैन । यदि सञ्चालन नै गर्नु छ भनेपनि बिहान ५ बजेदेखि बेलुकाको ११ बजेसम्म सञ्चालन हुन पाउने अनुमति दिनुपर्छ ।

टिप्पणीहरू