सबै ७७ जिल्ला कमिटीलाई एमालेको बिशेष सर्कुलर

सबै ७७ जिल्ला कमिटीलाई एमालेको बिशेष सर्कुलर

नेकपा एमालेले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षाका निम्ति हिजो सम्पन्न सचिवालय बैठकको निर्णयानुसार मातहत कमिटीलाई रिपोर्ट छिटो तयार पारेर पठाउन सर्कुलर जारी गरेको छ । 

हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले गत निर्वाचनको समीक्षा गर्न थाल्ने निर्णय गरेको हो । 

एमालेले ७७ वटै जिल्ला कमिटीलाई यही मंसिर २९ गतेभित्र चुनावी समीक्षा रिपोर्ट पठाउन समयसीमा दिएको छ ।

टिप्पणीहरू