प्रहरी हेडक्वार्टरको उर्दी, ‘प्रधानन्यायाधीश जबरालाई कुनै पनि हालतमा रोक्नु’

प्रहरी हेडक्वार्टरको उर्दी, ‘प्रधानन्यायाधीश जबरालाई कुनै पनि हालतमा रोक्नु’

प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश नदिन सर्कुलर जारी गरेको छ । 

उपत्यका प्रहरी कार्यालय,रानीपोखरीलाई हिजो सर्कुलर गर्दै नक्साल हेडक्वार्टले जबरालाई कुनै पनि हालतमा सर्वोच्च छिर्नबाट रोक लगाउन भनेको हो । 

संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र लेखेपछि उनी हिजो नै सर्वोच्च फर्किन चाहेका थिए । 

उनी आउने खबर पाएपछि कानुन व्यवसायीहरुले सर्वोच्चमा धर्ना दिएका थिए । 

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य,बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले हिजो सर्वोच्चको गेटमै धर्ना थालेका थिए ।

टिप्पणीहरू