सीके राउतलाई भ्याइनभ्याइ, एकै दिन तीन शीर्ष नेतासङ्ग भेट

सीके राउतलाई भ्याइनभ्याइ, एकै दिन तीन शीर्ष नेतासङ्ग भेट

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा १ सीट जिती राष्ट्रिय पार्टी बन्न सफल जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पछिल्लो दिन भेटघाटमा निकै व्यस्त छन् ।

गत मंसिर १३ गते काठमाडौं पसेका उनले विभिन्न पार्टीका नेतासंग संवाद गरिरहेका छन् । उनले हिजो एकै दिन तीन नेतासंग भेटवार्ता गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) अध्यक्ष महन्थ ठाकुरसंग भेटेर उनले आगामी सरकारको विषयमा कुराकानी गरेको बुझिएको छ ।

बहुदलीय प्रणालीमा जीतको महत्व कतिसम्म हुन्छ भन्ने कुरा हिजोको जेलजीवन र आजको यो सबैतिर सहज पहुँचले प्रष्ट पार्छ ।

टिप्पणीहरू