प्रहरी कार्यालयले भन्यो,‘प्रधानन्यायाधीश जबरालाई कुनैपनि हालतमा रोक्नु’

प्रहरी कार्यालयले भन्यो,‘प्रधानन्यायाधीश जबरालाई कुनैपनि हालतमा रोक्नु’

प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश नदिन भन्दै सर्कुलर जारी गरेको छ । 

उपत्यका प्रहरी कार्यालयलाई सर्कुलर गर्दै कार्यालयले जबरालाई कुनै पनि हालतमा सर्वोच्च छिर्नबाट रोक लगाउन भनेको हो । 

संघीय संसद्का महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र लेखेपछि उनी हिजो नै सर्वोच्च फर्किन चाहेका थिए । 

उनी आउने खबर पाएपछि कानुन व्यवसायीहरुले सर्वोच्चमा धर्ना दिएका थिए । 

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले हिजो सर्वोच्चको गेटमै धर्ना थालेका थिए ।

टिप्पणीहरू