सैनिक जहाजमा श्रममन्त्रीसहित प्रधानमन्त्री पश्चिमतिर

सैनिक जहाजमा श्रममन्त्रीसहित प्रधानमन्त्री पश्चिमतिर

काठमाडौँमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा १९ जनाको जम्बो टोली लिएर सुदूरपश्चिमतर्फ लाग्नुभएको छ । नेपाली सेनाको जहाज लिएर देउवा आज अपरान्ह धनगढी उड्नु भएको हो । 

कासा-एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली भर्खरे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट धनगढीका लागि प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग एकीकृत समाजवादीको नेतासमेत रहेका अछामबाट नवनिर्वाचित साँसद तथा श्रममन्त्री शेरबहादुर कुँवर पनि सहभागी हुनुहुन्छ ।

टिप्पणीहरू