एमालेको महासचिवमाथि खनिए प्रेस चौतारीका अध्यक्ष

एमालेको महासचिवमाथि खनिए प्रेस चौतारीका अध्यक्ष

नेकपा एमालेनिकट पत्रकारहरुको संगठन ‘प्रेस चौतारी’ का अध्यक्ष गणेश बस्नेतले पार्टी महासचिव शंकर पोखरेलमाथि कडा टिप्पणी गरेका छन् । 

पोखरेलले आफ्नी बहिनी मेनुका लाई समानुपातिकमा महिलातर्फ एक नम्बर उम्मेदवार बनाएर नातावाद देखाएको भन्दै उनले आक्रोश पोखेका हुन् । 

उनले सामाजिक सञ्जालमा स्टाट्स लेखेका छन्,‘जनसंगठनको साझा अभियान–समानुपातिकमा आफन्त राख्ने नेतालाई बहिष्कारसहित फेरि कुनै पदमा आउन नदिने गरी पहिचान !’ अध्यक्ष बस्नेतले समानुपातिकमा आफन्त घुसाउने नेतालाई बहिष्कार गर्नुपर्नेमा जोड दिएका छन् । 

उनको स्टाट्समा कमेन्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्,‘महासचिवलाई बहिष्कार गर्नुपर्ने भो त्यसो भए !’ महासचिव पोखरेलले पार्टीको समानुपातिकमा महिलातर्फ शक्ति प्रदर्शन गर्न खोजेपछि नेता–कार्यकर्ताले उनको विरोध गरेका छन् ।

उनले समानुपातिक बन्दसूचीको खस आर्य महिला कोटामा आफ्नै बहिनी मेनुकालाई पहिलो नम्बरमा राखेको भन्दै आपत्ति जनाइएको छ ।  अघिल्लो निर्वाचनमा पत्नी सुजिता शाक्य समानुपातिक सांसद थिइन् ।

टिप्पणीहरू