माथि र तल गरी समानुपातिकतर्फ क-कसलाई मत के,कति ?

माथि र तल गरी समानुपातिकतर्फ क-कसलाई मत के,कति ?

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले पहिलो नम्बरमा छ । प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो,नेपाली कांग्रेस दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो,राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा छन् । 

एमालेले ३४ सीटमा आफ्नो स्थान बनाउँदा कांग्रेस ३२ मा सीमित भएको छ । माओवादी र रास्वपाबीच एक सीटको अन्तर छ । माओवादीले १४ र रास्वपाले १३ सीट पाएको छ । यता, राप्रपाले सात सीट आफ्नो नाममा सुरक्षित गरेको छ । जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले पाँच–पाँच सीट पाएका छन् ।

प्रदेशसभातर्फ पनि एमाले नै सबैभन्दा अगाडि छ । एमालेले प्रदेश नम्बर १ मा १५,मधेश प्रदेशमा आठ, बागमतीमा १४,गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा पाँच, सुदूरपश्चिममा सात सीट हासिल गरेको छ । 

त्यस्तै, कांग्रेसले प्रदेशमा जम्मा ६४ सीट हात पारेको छ । प्रदेश नम्बर १ मा १२, मधेशमा ९, बागमतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा पाँच र सुदूरपश्चिममा सात सीट ल्याएको छ । 

तेस्रोमा रहेको माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकतर्फ २९ सीट पाएको छ । प्रदेश १ मा चार, मधेशमा चार, बागमतीमा सात, गण्डकीमा तीन, लुम्बिनीमा चार, कर्णालीमा चार, सुदूरपश्चिममा तीन सीट माओवादीको छ । 

राप्रपाले १७, नेकपा एकीकृत समाजवादी पार्टीले ९, जसपाले ९, जनमत पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले तीन, नेकपा मजदुर किसान पार्टीले दुई सीट ल्याएका छन् ।

टिप्पणीहरू