एमाले र माओवादीपछि काङ्ग्रेसको पालो

एमाले र माओवादीपछि काङ्ग्रेसको पालो

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

सानेपास्थित केन्द्रीय कार्यालयमा पर्सि शनिवार १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि भनिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । यसअघि माओवादी र एमालेको बैठक बस्न थालिसकेको छ ।

टिप्पणीहरू