‘आत्मदाह’ गरेकी पुष्पाको आत्मा शान्तिका लागि द्वीप प्रज्वलन

‘आत्मदाह’ गरेकी पुष्पाको आत्मा शान्तिका लागि द्वीप प्रज्वलन

मंगनी टुटेपछि आइतबार केटाकै घरमा गएर ‘आत्मदाह’ गरेकी पुष्पा न्यौपानेको आत्मा शान्तिका लागि माइतीघर मण्डलामा द्वीप प्रज्वलन गरिने भएको छ । 

२७ वर्षीया न्यौपानेको आत्मा शान्तिका लागि आज बेलुका ५ बजे माइतीघरमा द्वीप प्रज्वलन गर्न लागिएको हो । 

न्यायका लागि बुलन्द आवाज उठाउने घोषणा गर्दै आयोजकले सबैलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् । 

दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका न्यौपानेले आइतबार साँझ ‘आत्मदाह’ गरेकी हुन् । धुम्बाराहीका सुदन संग्रौलासंग मंगनी टुटेपछि उनले केटाकै घरमा गएर ज्यान दिएकी थिइन् । 

सुदनकै घरको ढोकाअगाडि शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी उनको कीर्तिपुरस्थित बर्निङ सेन्टरमा उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको हो ।

टिप्पणीहरू