प्रचण्ड र झलनाथवीच वार्ता सकियो,उपेन्द्रको पनि गठबन्धनमा मिस्सिने तयारी

प्रचण्ड र झलनाथवीच वार्ता सकियो,उपेन्द्रको पनि गठबन्धनमा मिस्सिने तयारी

आज बिहानैदेखि एमालेइतर कम्युनिस्ट नेताहरुलाई भेटघाटले भ्याइनभ्याइ छ । खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालवीच बिहानबाट शुरु भएको भेटवार्ता सिध्दिएको छ । उक्त भेट आगामी पावर शेयरिङ्गमा केन्दृत रहेको र खनालले रास्ट्रपति बन्ने आकाँक्षा राख्नुभएको बताइन्छ । त्यसलगत्तै हात्तीवनस्थित माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसङ्गको कुराकानीमा यसवारे खुलासा भएको हो ।

खनाल र श्रेष्ठसङ्गको भेटघाटको वीचमा हात्तीवनस्थित सिटीस्केप हाउजिङ्गस्थित भान्जा गोकुल भण्डारीको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्नुभएको थियो । उपेन्द्रलाई गठबन्धनमा ल्याउन प्रचण्डले दुई दिनवीचमा गर्नुभएको यो तेश्रो सामुहिक वार्ता हो ।


गठबन्धनमा सामेल हुन समानुपातिकसहित १२ सीट हात पारेको उपेन्द्र यादव नेतृत्वको जसपा सकारात्मक हुँदै गएको श्रोतको दावी छ ।

टिप्पणीहरू