माननीय छान्न माओवादी नेताहरु कोटेश्वरमा

माननीय छान्न माओवादी नेताहरु कोटेश्वरमा

सांसदको नाम टुङ्ग्याउन बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आजलाई अनिर्णित बनेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपरान्ह बसेको बैठक कुनै निश्कर्षमा नपुगेपछि भोलिलाई सरेको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ उपाध्यक्ष नाराणकाजी श्रेष्ठ प्रकाश,उपमहासचिव शक्ति बस्नेत,जनार्दन शर्मा,पम्फा भुसाल, सचिवहरू लीलामणि पोखरेल,दिनानाथ शर्मा, हरिबोल गजुरेललगायत उपस्थित थिए ।

माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ समानुपातिक सांसद पाएको छ । निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीबाट सांसद हुनेहरुको नाम चयन गरी पठाउन माओवादीको बैठक बसेको हो । 

आयोगले शनिवारसम्म समानुपातिक लिष्ट बुझाउन समय दिएको छ ।

टिप्पणीहरू