अबको सभामुख को ?
नयाँ सरकार बनाउनको लागि अनेकन दाउपेच र अड्कलवाजी भइरहँदा प्रतिनिधि सभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)की रेखा शर्माको नाम चर्चामा पनि छ । उनले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।
माओवादी केन्द्रले एमालेबाट विद्रोह गर्ने एकीकृत समाजवादीलाई साथ दिने, पार्टीलाई कानुनी मान्यता दिलाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने, कतिपय विषयमा सभामुखको अडानले पनि निकै महत्वपूर्ण राहतको काम गर्ने र संवैधानिक परिषद्को सदस्य हुने भएका कारण पनि माओवादी केन्द्रले राष्ट्रपति त्यागेर सभामुखलाई नै पहिलो प्राथमिकतामा राख्ने दाबी स्रोतले गरेको छ ।
तर, अहिलेको सत्ता समीकरणमा कांग्रेसले प्रधानमन्त्री पाउँदा माओवादी केन्द्रले राष्ट्रपति लिने र सभामुखमा भने एकीकृत समाजवादीका धादिङबाट निर्वाचित नेता राजेन्द्र पाण्डे चयन हुन सक्ने सम्भावना रहेको अर्कोथरी विश्लेषकले बताएका छन् ।
त्यसपछि आउँदो वर्ष राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउने सहमति तय हुने लगभग निश्चित भएको बताइन्छ । अर्को साल फागुन २१ गते हुने राष्ट्रिय सभा अध्यक्ष रिक्त हुँदैछ । राष्ट्रपति माओवादी केन्द्रले पाउँदा उपराष्ट्रपति मधेसका दल र सभामुख एसले पाउँदा उपसभामुख नेपाली कांग्रेसले पनि लिन सक्ने अवस्था छ ।
टिप्पणीहरू