काँग्रेसले टुङ्ग्यायो समानुपातिक सांसदको नाम
नेपाली काँग्रेसले समानुपातिकतर्फ संघीय सांसदको नामावलीलाई अन्तिम रुप दिएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
आयोगमा बुझाइने नामावलीमा आदिवासी जनजातितर्फ महिलामा सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ,सपना राजभण्डारी,माया राई, कुसुम थापामगर र मनोरमा शेरचन छन् ।
त्यस्तै खस आर्यतर्फ महिलामा अम्बिका बस्नेत,सरिता प्रसाईं, डा. आरजु राणा देउवा, ईश्वरी न्यौपाने,प्रतिमा गौतम,मञ्जु खाँण,रमा कोइराला पौडेल, कान्तिका सेजुवाल र मैना रावल कार्कीको नाम छानिएको छ ।
मधेसीतर्फ नगिना यादव,मुक्ताकुमारी यादव,चन्दा चौधरी, संगिता मण्डल, . निनुकुमारी कर्ण र दलिततर्फ शान्ति बिक, रुपा बिक,सीता मिजार, आशा बिकको नामलाई अन्तिम रुप दिइएको छ । थारुतर्फ कल्पना चौधरी, विनाकुमारी थनेत एवम् मुस्लिमतर्फ जावेदा खातुनको नाम परेको छ ।
तीन जना वैकल्पिकतर्फ पुरुषमा जीवन परियार, विमलेन्द्र निधि र प्रकाशशरण महत छन् ।
टिप्पणीहरू