सिट बाँडफाँड मन परेन रविका केन्द्रीय सदस्य गणेशलाई

सिट बाँडफाँड मन परेन रविका केन्द्रीय सदस्य गणेशलाई

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले समानुपातिक सीट बाँडफाँडमा असन्तुष्टी जनाएका छन् ।

भन्छन्:-" म पनि झण्डै सांसद भएको थिएँ । हुन्थेँ पनि,यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।"उनी अगाडि भन्छन्-किनभने,१२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको संख्या पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरी राख्नै पर्ने हुन्छ । नियम त्यही हो ।


बिधि त्यही हो । त्यहीअनुसार पहिलो प्राथमिकतामा हाम्रो पार्टीबाट ५ जना महिला र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो । जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्वीकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो ।

आफ्नालाई काखी च्यापियो । जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्वीकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो ।

यो यात्रामा साथ दिने,मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु । 

अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईंको व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला । 

पुनश्च : फोन,म्यासेज,ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ । अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ। पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन् । खोज्नु होला- प्रमाणित हुन्छन् ।"

टिप्पणीहरू