एमाले सचिव चुनाव जितेलगत्तै नयाँ दिल्ली प्रस्थान

एमाले सचिव चुनाव जितेलगत्तै नयाँ दिल्ली प्रस्थान

एमाले सचिव रघुवीर महासेठ हिजो नयाँ दिल्ली जानुभएको छ । साँझ सवा ५ बजे उहाँले नेपाल छाड्नु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । 

उनका अनुसार उहाँ भिस्तारा एअरको उडान नम्बर युके १५६ बाट महासेठ नयाँ दिल्ली जानुभएको हो । हालैको निर्वाचनमा उहाँ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका महेन्द्र यादवलाई १२४ मतको झिनो मतान्तरले पराजित गरेर विजयी हुनुभएको थियो । 

उहाँकी श्रीमती जुलीकुमारी महतो पनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचित हुनुभएको छ । नेकपा एकीकृत र माओवादीका अध्यक्षलाई छुट्टाछुट्टै भेटेर महासेठ निर्वाचनलगत्तै नयाँ दिल्ली जानुलाई एमालेभित्रै केही नेताले अर्थपूर्ण ठानेका छन् ।

टिप्पणीहरू