एकै झट्कामा एमालेका २ निर्णय : एकनाथ ढकाल आकाशमा, घनश्याम भुषाल पातालमा

एकै झट्कामा एमालेका २ निर्णय : एकनाथ ढकाल आकाशमा, घनश्याम भुषाल पातालमा

एमाले स्थायी समिति बैठकले आज समानुपातिक सांसदहरुको नाम चयन गरेको छ । त्यसैगरी हालैको निर्वाचनको समीक्षा पनि गरेको छ ।

आजको बैठकले पहिले परिवार दलका अध्यक्ष रहेका गोरखाका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । ढकाल कोरियाली क्रिस्चियन अभियानका हर्ताकर्ता हुन् र "होलीवाइन"को उपनामले परिचित छन् ।

गत असोजमा मनोनयन दर्ताअघि उम्मेदवारबाट वञ्चित गरिएपछि पूर्व उपमहासचिव तथा नेता घनश्याम भुसालले पार्टी परित्याग गरी गठबन्धनको समर्थनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार भए पनि एमाले नेता छविलाल विश्वकर्माबाट पराजित भएका थिए । 

आज उनै भुसाललाई एमालेले साधारण सदस्यबाट निश्कासित गरेको छ । ढकाललाई सांसद बनाएर भित्र्याउने र पार्टीभित्र वैचारिक नेताको छवि बनाएका भुसाललाई निश्कासन गर्ने निर्णयपछि  एमालेजनहरुले कम्युनिष्ट आन्दोलनमा भविश्यमा आजको दिनको सुक्ष्म र बृहत समीक्षा हुने बताएका छन् ।

आजको बैठकले प्रभु साहलाई पनि निश्कासन गरेको छ । साह एमाले र माओवादी विभाजनताका एमालेमै बसेका थिए । हालैको निर्वाचनमा उनी रौतहटबाट एमालेको टिकट फालेर स्वतन्त्र उम्मेदवारको हैसियतमा विजयी भएका छन् ।

टिप्पणीहरू