आज एक मुस्ट गएका नाम पर्सि माननीय बनेर बाहिरिने

आज एक मुस्ट गएका नाम पर्सि माननीय बनेर बाहिरिने

निर्वाचन आयोगले पर्सि सोमबारसम्ममा समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने जनाएको छ । राजनीतिक दलहरुले आज बुझाएको नामावली जाँचबुझ गरेर पर्सि समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सीट,नेपाली काँग्रेसले ३२ सीट, नेकपा माओवादी केन्द्रले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सीट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सीट समानुपातिकतर्फ प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने जानकारी दिएको छ ।

टिप्पणीहरू