नेपाली सेनाको निम्ति कोशेली बोकेर आइपुग्यो अमेरिकी विमान

नेपाली सेनाको निम्ति कोशेली बोकेर आइपुग्यो अमेरिकी विमान

नेपाली सेनालाई अमेरिकी सरकारले उपलब्ध गराएको कार्गोसहित अमेरिकी विमान आज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । चार्टर उडानमा आएको अमेरिकी विमानमा सेनालाई प्रदान गरिएको अल्ट्रा लो टेम्प फ्रिजर ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । 

उक्त सामानको तौल झण्डै एक लाख केजी भएको भन्सार कार्यालयका प्रमुख अरुण पोख्रेलले  बताए । ९७ हजार बढी केजी सामान बोकेको विमान दिउँसो साढे ३ बजे  अवतरण गरेको हो ।

टिप्पणीहरू