अध्यक्षले श्रीमतीको नाम लेखेपछि संघीय समाजवादीमा बबाल

अध्यक्षले श्रीमतीको नाम लेखेपछि संघीय समाजवादीमा बबाल

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मुहम्मद रिजवान अन्सारीले समानुपातिक सांसदमा आफ्नी श्रीमतीको नाम राखेपछि पार्टीका मधेशी उम्मेदवारले कडा प्रतिक्रिया जनाएका छन् । उनले अध्यक्षविरुध्द निर्वाचन आयोगमा उजुरी हालेको बताएका छन् ।

पार्टीको तर्फबाट मधेस प्रदेश सभामा समानुपातिकतर्फका मधेसी उम्मेदवार कमलेश्वरप्रसाद साहले उक्त आरोप लगाएका हुन् । उनले पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष मुहम्मद रिजवान अन्सारीले बन्दसूचीअनुसार आफ्नो नाम कायम नगरी श्रीमतीको नाम सिफारिस गरेकोमा आपत्ति जनाएका छन् । 

उनले भने, ‘आयोगसमक्ष आफ्नो उम्मेदवारी कायम गर्न माग राखेको छु । पहिले सूचीमा मेरो नाम थियो, अहिले श्रीमतीको नाम हालेछन्  ।’

टिप्पणीहरू