संसदीय दलको नेता छानेपछि मात्रै सरकार गठन : प्रचण्ड

संसदीय दलको नेता छानेपछि मात्रै सरकार गठन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सरकार गठनबारे गठबन्धनमा छलफल नहुने बताउनुभएको छ । उहाँले गठबन्धनमा आवध्द दलहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने जानकारी गराउनुभएको हो । 

राजनीतिक दलहरुले हिजो निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नाम बुझाएका छन् । ती नाममा आवश्यक छानबिनपछि आयोगले सोमवार समानुपातिक सांसदको औपचारिक नाम घोषणा गर्दैछ । 

आगामी शनिवारभित्र आयोगले निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाउने तयारी छ । त्यसपछि ३५ दिनभित्र संसदको बैठक आह्वान गरेर नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

टिप्पणीहरू