खुमलटारमा बैठक तारन्तार

खुमलटारमा बैठक तारन्तार

आमनिर्वाचनको अन्तिम परिणामसँगै खुमलटारमा राजनीतिक भेटघाटको क्रम तीब्र बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा हिजो बिहान नेपाल समाजवादी पार्टीका नेताहरुले भेट गरेका छन् । 

नेसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अस्ति पनि दाहालसँग सिंहदरबारमा भेट गर्नुभएको थियो । अस्तिझैँ हिजो पनि उक्त पार्टीका अध्यक्ष र सहअध्यक्ष महेन्द्र राय यादवसहितको टोलीले माओवादी अध्यक्ष प्रचण्डसँग लामो कुराकानी गरेको छ । हिजो बिहान साढे ९ बजे खुमलटार पुगेका नेसपा नेताहरु झण्डै ११ बजे त्यहाँबाट निस्केको बताइन्छ । 

डा. भट्टराईको टोली निस्केपछि त्यहाँ माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भेटघाटको निम्ति पुगेको स्रोतले बतायो । उपाध्यक्षले अध्यक्षसँग बिहान पौने १२ बजेदेखि साढे १२ बजेसम्म एक्लै कुराकानी गर्नुभएको बताइन्छ  ।

टिप्पणीहरू