राप्रपामा ७ जना माननीय छान्नै महाभारत

राप्रपामा ७ जना माननीय  छान्नै महाभारत

अन्य राजनीतिक दलले झैं राप्रपाले पनि हिजो समानुपातिक सांसदको नाम चयन गरेको छ । संघीय संसदअन्तर्गत उसले सात जनाको नामलाई अन्तिम रुप दिएर हिजो अपरान्ह निर्वाचन आयोगमा पठाएको छ । 

आयोगमा बुझाइएको पछिल्लो नामावली सूचीको पहिलो नम्बरमा धादिङ्गका बुद्धिमान तामाङ,धादिङकै बिना लामा,सिन्धुपाल्चोकका पशुपति समशेर जबरा, ललितपुरका रोशन कार्की,बर्दियाकी गीता बस्नेत,सल्यानकी अनिशा नेपाली र पर्साकी बिना जैसवाललाई क्रमशः राखिएको छ ।

नाम तय गर्नुअघि पार्टी कार्यालयमा डाकिएको बैठकमा चर्काचर्की परेको सहभागी एक जना नेताले बताए । विशेषगरी नेता डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नाम काटिन नहुने बताएपछि चर्काचर्की परेको श्रोतको दावी छ । ‘लोहनीले बुद्धिमानको सट्टा आफ्नो नाम राख्नुपर्ने अडान लिएका थिए,’ उनै नेताले बताए । 

"डा. लोहनीले आफ्नो नाममा सबैले सहमति जनाउनुपर्ने बताएपछि बुद्धिमानलगायतका नेताले ‘जनजातिको नाममा अतिक्रमण गर्न आएको ?’ भनेर आपत्ति जनाए ।"

तर डा. लोहनी खस आर्य क्लस्टरको २ नम्बर सूचीमा रहेकाले पहिलोमा रहेका राणाको नाम चयन भएको हो । अर्कोतर्फ राणाले यही समानुपातिक सांसदको निम्ति पार्टी र प्रभावशाली नेताहरुलाई पछिल्लो एक वर्षमा करोडौं बुझाएको देख्नेहरु पनि छन् ।

नाम चयन गर्नुअघि नेताहरुले बोल्ने क्रममा नै चर्काचर्की परेको बताइन्छ । बुद्धिमान जनजातितर्फ १ नम्बरमा रहेकाले उनले आयोगमा बुझाइएको पहिलेको सूचीमा उल्लेख गरिएको नामावली क्रमसँगै बोल्नुपर्ने अडान राखेका हुन् । बैठकको परिदृश्य बताउँदै एक जनाले भने, ‘पहिले पशुपतिले बोले, त्यसपछि बुद्धिमान, प्रकाश शाह र ऋषिबाबु परियारले बोल्दै गए ।’  डा. लोहनी खस आर्य क्लस्टरको २ नम्बरमा भएकाले दोस्रो चरणमा बोल्नुपर्ने उनीहरुको दावी थियो । डा .पछि जनजातिका दुई नम्बरकाले बोले । 

 
डा. लोहनीले आफ्नो नाममा सबैले सहमति जनाउनुपर्ने बताएपछि बुद्धिमानलगायतका नेताले ‘जनजातिको नाममा अतिक्रमण गर्न आएको ?’ भनेर आपत्ति जनाए । सबैले आफ्ना कुरा राख्दै गएपछि सात जनाको नाममा सहमति जनाइएको थियो । 

लगत्तै अरु घर गए भने चर्को प्रतिवाद गर्नेहरु भने साँझ अबेरसम्म कार्यालयमै देखिन्थे । बैठकमा बोल्नेमध्ये डा. को पक्षमा २० प्रतिशत जति थिए भने बाँकी सबै बुद्धिमान तामाङ्गतिर लागे ।
 

टिप्पणीहरू