पूर्व सभामुखलाई राष्ट्रपति बनाउला त माओवादीले ?

पूर्व सभामुखलाई राष्ट्रपति बनाउला त माओवादीले ?

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा एकाबिहानै दाहाल निवास खुमलटार पुग्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उहाँवीच केही बेरअगाडिसम्म लामो छलफल चलेको थियो । सत्ता गठबन्धनबाट काङ्ग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने सहमति जुटेमा माओवादीबाट राष्ट्रपति र नेकपा एसबाट सभामुख हुने सम्भावना देखिन्छ । मधेसी र महिलाबाट देशले राष्ट्रपति र सभामुख पाइसकेको हुँदा अब यी दुई पदमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन या अग्नि साप्कोटा र राजेन्द्रप्रसाद पाण्डे या प्रकाश ज्वालाको सम्भावना रहेको बताइँदैछ ।

टिप्पणीहरू