काभ्रेबाट दुई शहीद पत्नीलाई जुर्यो संघीय सांसद बन्ने अवसर

काभ्रेबाट दुई शहीद पत्नीलाई जुर्यो संघीय सांसद बन्ने अवसर

काभ्रेपलाञ्चोक जिल्लाबाट दुई जना शहीद पत्नी समानुपातिक प्रणालीमार्फत संघीय सांसद बन्न लाग्नुभएको छ ।
एमाले र माओवादी केन्द्रले दुई जनालाई यसरी सांसद बनाउन लागेको हो ।

एमालेबाट रुक्मणी राना बराइली र माओवादी केन्द्रबाट मीना तामाङको नाम फाइनल भएको छ । 
बराइली नेकपाकालिन अवस्थाबाट एमालेमै समाहित भएको र तामाङ्ग माओवादी केन्द्रमा रहेको बताइन्छ ।
तत्कालीन नेकपा (माओवादी) का क्षेत्रीय ब्यूरो सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा, नेपालकी महासचिव बराइली शहीद प्रेमबहादुर बराइलीको पत्नी हुनुहुन्छ ।
प्रेमबहादुरको शाही सेनाले समातेर हत्या गरेको थियो ।
त्यस्तै,तामाङ्ग तत्कालीन नेकपा (माओवादी) जनमुक्ति सेनाको कम्पनी कमिसार बुद्धिकी पत्नी हुनुहुन्छ ।
द्वन्द्वताका महाभारत गाउँपालिका वडा नम्बर ८ घर्तिछापमा शाही सेनासँगको भिडन्तमा बुद्धिको निधन भएको थियो । 
बराइली नेकपा एमाले र तामाङ्ग माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

टिप्पणीहरू