मान्छे हेरिहेरी कालोसूची,दलको के हो रूचि ?

मान्छे हेरिहेरी कालोसूची,दलको के हो  रूचि ?

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकै नाममा रुपन्देही-२ बाट  राजु गुरुङको उम्मेदवारी खारेज भयो । तर,त्यही स्थितिकी एक जना समानुपातिक उम्मेदवार भने निर्वाचन परिणामबाट ‘निर्वाचित’ हुने स्थितिमा पुगेकी छन् । उनी हुन्,चितवनकी विनु रायमाझी पौडेल ।
जसलाई नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्यको समानुपातिक सूचीमा राखेको थियो । शनिवार निर्वाचन आयोगमा प्रस्तुत निर्वाचित उम्मेदवार छनौटको सूचीमा उनको नाम पनि गएको छ । उनीचाहिँ २०७८/११/३० मा सूचना केन्द्रको कालोसूचीमा परेकी थिइन् । उनी पनि साझेदार रहेको बिएमआर कन्स्ट्रक्सन एण्ड सप्लायर्स नामक कम्पनी कालोसूचीमा परेको हो ।

बिनु केही वर्षअघि भरतपुर कारागारभित्रै हत्या गरिएका कांग्रेस कार्यकर्ता शिव पौडेलकी पत्नी हुन् ।

टिप्पणीहरू