खुमलटारमा विभिन्न थरी मानिस खुरुखुरु

खुमलटारमा विभिन्न थरी मानिस खुरुखुरु

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामसंगै खुमलटार धाउनेहरुको संख्या बाक्लिएको छ । 

अध्यक्ष दाहालसंग आज बिहान पूर्व सभामुखदेखि लिएर विभिन्न नेताहरुले भेट गरेका छन् । 

बिहानै खुमलटार पुग्नुभएका अग्निप्रसाद सापकोटा र प्रचण्डबीच एक घण्टाभन्दा धेरै समय वार्ता भएको थियो । पूर्व सभामुख सापकोटासंग वार्ता सकिएको केही बेरमै अर्को टोलीका निम्ति रमेश मल्लद्वारा समय मिलाइएको थियो । 

नेपाली कांग्रेसमा आबध्द वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीलाई बिहान पौने नौ बजेदेखि ४० मीनेटसम्मको समय छुट्याइएको थियो ।  

त्यसैगरी,पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,नेता रामनारायण बिडारी र नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महिन्द्रराय यादवबीच पनि त्यहीँ भेटवार्ता भएको छ ।

टिप्पणीहरू