काभ्रेमा भुस्याहा कुकुरले सताएपछि सुइ धमाधम

काभ्रेमा भुस्याहा कुकुरले सताएपछि सुइ धमाधम

काभ्रेको महाभारत गाउँपालिकाले रेबिज खोप अभियान शुरु गरेको छ । 
गाउँमा बसोबास गर्ने स्थानीयवासी वा पशुचौपायामा रेबिज देखा परेसङ्गै गाउँपालिकाले रेबिज खोप अभियान शुरु गरेको हो । 

गाउँपालिकाले गत मंसिर १८ गतेदेखि गाउँका वडाहरुमा रेबिज खोप लगाउने अभियान वा कार्यक्रम शुरु गरिएको जनाएको छ । 
गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले,“गाउँमा रेबिजले धेरै  पशुचौपाया मर्न थालेपछि खोप अभियान शुरु गरिएको" बताए । 
उनले भने,‘२ वटा वडामा गत मंसिर १८ गतेदेखि रेबिज खोप अभियान शुरु भइसकेको छ ’। 
साथै,२ जना गाउँलेलाई पनि यो रोग लागेकाले नियन्त्रण गर्न खोप लगाइएको उनैले बताए ।

टिप्पणीहरू