प्रधानमन्त्रीले बोलिरहँदा ‘मूर्दावाद’

प्रधानमन्त्रीले बोलिरहँदा ‘मूर्दावाद’
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा सहभागी हुनुभयो । उहाँ पत्नी राधिका शाक्यसहित कन्सर्टस्थल पुग्नुभएको थियो । कन्सर्टमा प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गर्दै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गरिरहँदा पछाडिको भागमा उहाँविरुद्ध चर्का नाराबाजीको प्रयास भएको थियो । 

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक कन्सर्टको मञ्चमा उभिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थित केही युवाले मूर्दावादको नारा लगाएका हुन् । उनीहरुले कार्यक्रमपछि नाराबाजीको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

दरबारमार्गमा बालेन समर्थित केही युवामाथि हातपात भएको थियो । सरकार समर्थित युवाको समूहले आफूहरुमाथि कुटपिट गरेको बालेन समर्थकहरुको आरोप छ 

त्यसअघि दिउँसो कार्यक्रम शुरु हुनुअघि पनि दरबारमार्गमा बालेन समर्थित केही युवामाथि हातपात भएको थियो । सरकार समर्थित युवाको समूहले आफूहरुमाथि कुटपिट गरेको बालेन समर्थकहरुको आरोप छ । बालेन समर्थकहरुले कार्यक्रम भाँड्न खोजेको सरकार निकटस्थ राजनीतिक दलका कार्यकर्ताले बताए ।

 

टिप्पणीहरू