माधव नेपालकोमा नेताहरुको लाइन

माधव नेपालकोमा नेताहरुको लाइन

यतिखेर सबैजसो नेताहरु राजनीतिक भेटघाटमा व्यस्त छन् । आमनिर्वाचनको अन्तिम मतपरिणामसंगै नेताहरुलाई भेटवार्तामा भ्याइनभ्याइ छ । 

यसैक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता डिलाराम आचार्यबीच अहिले भेटघाट भएको छ । 

अध्यक्ष नेपाललाई भेट्न नेता आचार्य कोटेश्वरस्थित नेपाल निवास बिहान ८ बजे नै पुग्नुभएको थियो । 

केही बेरमै अर्को टोली त्यहाँ पुग्यो । 

डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता प्रेम आले र नेतृ दिलकुमारी पन्त अध्यक्ष नेपालसंग आगामी राजनीतिक दृष्टिकोणबारे छलफल गर्न त्यतातिर लाग्नुभएको हो ।

टिप्पणीहरू