गाउँपालिकाहरुको तेस्रो महाधिवेशन शुरु,वरिष्ठ नेताहरु सामेल

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम थालिएको हो । 

अध्यक्ष होमनाथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहेको छ । 

त्यस्तै,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजा बोन क्याब्लरले कार्यक्रममा विशेष उपस्थिति जनाउनुभएको छ । 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको स्थानीय तह प्रमुख शर्मिला अर्याल पनि कार्यक्रममा सरिक हुनुभएको छ । 

यता,महासंघका सल्लाहकार घनश्याम खतिवडा,केन्द्रीय सदस्य नारायण कोइराला,नगरपालिका समिति महासंघका अध्यक्ष अशोक ब्यान्जु,जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाललगायत चार सय जनाको कार्यक्रममा सहभागिता रहेको छ ।

टिप्पणीहरू