प्रहरीको ३० वर्षे प्रावधान हटाउने कसरत युध्दस्तरमा,आज भिआइपी भेट

प्रहरीको ३० वर्षे प्रावधान हटाउने कसरत युध्दस्तरमा,आज भिआइपी भेट

नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउने गृह कार्य शुरु भएको छ । प्रहरी ऐन संशोधनको क्रममा रहेको,गृह तथा कानुन मन्त्रालयमा छलफल जारी रहेको अवस्थामा आज प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सिंहदरबार पुगेर मुख्य सचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव बैरागी र प्रहरी महानिरिक्षक सिंहबीच भेटवार्ता भएको पुष्टि गर्दै उच्च स्रोतले भन्यो, ‘छलफल ३० वर्षे सेवा अवधि हटाउने र रिक्त चार वटा एआइजी दरबन्दीमा बढुवा गर्ने विषयमा केन्द्रित थियो ।’

महानिरीक्षक सिंह मध्यान्ह १२ बजे सिंहदरबार पुगेर आधा घण्टामा त्यहाँबाट बाहिरिनुभएको छ ।

टिप्पणीहरू