३२ निर्वाचन क्षेत्र रहेको मधेसबाट प्रतिनिधिसभामा ५३ सांसद

३२ निर्वाचन क्षेत्र रहेको मधेसबाट प्रतिनिधिसभामा ५३ सांसद

नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) मार्फत ३२ र समानुपातिक निर्वाचन प्रणालीबाट २१ जना गरी मधेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् । 

मधेश प्रदेशको आठ वटा जिल्लाका चार-चार वटा निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित हुँदा २१ जना समानुपातिकबाट छानिएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा मधेशको यो प्रतिनिधित्व १९.२७ प्रतिशत हो । 

समानुपातिकबाट १६ महिला र ५ पुरुष सहभागी हुनेछन् । जसमध्ये एमाले र कांग्रेसले ६–६ जनाको नाम सिफारिस गरेका छन् । जनमत पार्टीले तीन,माओवादी केन्द्रले दुई, जसपाले दुई,राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । 

२१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँच जना पुरुष रहेका छन् ।

टिप्पणीहरू